Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दुई महिनापछि अंशुको शव अन्त्येष्टी

उद्‌घोष संवाददाता
२४ मंसिर २०८२, बुधवार

Advertisement

विराटनगर । हत्या भएको दुई महिनापछि मोरङको लेटाङकी अंशु गौतमको मंगलबार अन्त्येष्टी भएको छ । उनको बलात्कारपछि विभत्स हत्या भएको थियो ।

मोरङको लेटाङ नगरपालिका–२, फँडानीकी अंशु गौतमको हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी पक्राउ परेपछि मंगलबार आफन्तले अन्तिम संस्कार गरेका हुन् । 

गएको असोज २३ मा बेपत्ता भएकी अंशुको शव १८ दिनपछि जंगलमा सडेको अवस्थामा फेला परेको थियो ।

हत्यामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारले अडान लिएपछि बालिकाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार पक्राउ गरेपछि मंगलबार चिसाङ खोलामा धार्मिक परम्परा अनुसार अंशुको अन्तिम संस्कार भएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले जानकारी दिइन् ।

पीडित परिवारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।

View : 308

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved