Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

इनड्राइभको ब्राण्ड एबेस्डरमा स्वस्तिमा खड्का

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ पनि सुरु गरेको घोषणा गरेको छ ।

क्याम्पेनको उद्देश्य यात्रु र चालकबीचको सम्बन्धलाई स्वतन्त्रता, निष्पक्षता र पारदर्शिताका आधारमा मजबुत बनाउनु हो । 

इनड्राइभको पियर–टू–पियर (पीटुपी) मोडेलअनुसार यात्रुहरूले आफैंले भाडा प्रस्ताव गर्न सक्छन् र चालकसँग प्रत्यक्ष मोलमोलाई गर्न सक्छन् । 

यसले बराबरी र सहमतिको वातावरण सिर्जना गर्दै यात्रु र चालक दुवैलाई रोजाइको स्वतन्त्रता प्रदान गर्छ ।

इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले स्वस्तिमा खड्कालाई प्रभावशाली व्यक्तित्वका रूपमा प्रशंसा गर्दै भने, ‘उनको सत्यनिष्ठा र आत्मिकताले इनड्राइभको दर्शनसँग मेल खान्छ ।’

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार यो सहकार्यले समुदायमा निष्पक्ष गतिशीलता र सशक्तीकरणको सन्देश फैलाउनेछ ।

स्वस्तिमा खड्काले भनिन्, ‘इनड्राइभको स्वतन्त्रता र पारदर्शितामाथि आधारित प्रणाली मेरो विश्वाससँग मेल खान्छ ।’

क्याम्पेन डिजिटल, आउटडोर र ग्राउन्ड एक्टिभेसनमार्फत देशभर सञ्चालन गरिनेछ ।

View : 175

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved