Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रजनिगन्धा विवादमा पक्राउ

उद्‌घोष सम्वाददाता
१७ पुष २०८०, मङ्गलवार

विराटनगर । बिक्रीका लागि राखिएको रजनीगन्धा नदिएपछि पसलेसँग विवाद गर्ने चार युवालाई विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी अस्पतालअगाडिको किराना पसलमा शनिबार राति रजनीगन्धा माग्न गएका युवाहरूले पसलेसँग विवाद गरेका थिए । पसलेले मागेको वस्तु नदिएपछि युवाको समूहले पसलमा तोडफोड गरेका थिए । स्थानीय पसलेहरू जम्मा भएर ती युवालाई पनि कुटपिट गरेको बताइएको छ ।

पछिल्लो समय विराटनगर महानगरपालिकाले रजनीगन्धासहित सुर्तीजन्य वस्तु बिक्रीमा कडाइ गरेपछि पसलेहरू परिचित ब्यक्तिलाई मात्रै त्यस्ता वस्तु दिंदै आएका छन् । तर, ती युवा पसलेसँग परिचित भए पनि रातिको समय भएकाले पसलेले बिक्री गर्न नचाहेको बताइएको छ ।

खरिद गर्न आएको र पसलेहरूको दुई समूहबीचको विवादपछि राति नै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । आइतबार दुबै पक्ष मेलमिलाप गर्ने जनाउँदै वडा प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले छाडेको थियो । दुबै पक्ष मिलेर जाने भएपछि उनीहरूलाई छाडिएको प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बताए ।
 

View : 196

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved