Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

उद्घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

काठमाडौँ, २७ साउन । भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको औपचारिक भ्रमणमा आज आएका भारतीय विदेश सचिव विक्रम मिस्री र सरकार सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले आज सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् ।

नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ ।

भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ ।

विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्ने छन् ।  रासस

View : 84

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved