Biratnagar, Morang, Nepal
१५ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८१, सोमवार

Advertisement

किमाथाङ्का, १२ कात्तिक । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । 

यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) ९० हजार पुगेको छ ।

झण्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रहेको जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो ।

उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष ६०/६५ हजार कारोबार भएको थियो । 

अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको व्यवसायी श्रेष्ठले बताए ।

ग्रेडिङ राम्रो भएको अलैँची ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैँची ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ ।

जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । 

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् ।

अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ ।

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् ।

सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ ।

अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ ।

यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ ।  

अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ ।

पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । नेपालमा उत्पादित अलैँचीको बजार भारत हो । 

जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष यामको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् ।

अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ ।

दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ ।

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् ।

सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँचीखेती गरिँदै आएको छ ।

जिल्लामा गत वर्ष नौ सय ४०  मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ ।

अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ ।

पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको बताइएको छ ।

व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ ।

नेपालमा उत्पादित अलैँचीको बजार भारत हो ।

अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । रासस

View : 154

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved