Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

वाफ च्यामिपयनसिपमा ९ गोल गरेकी साम्बाले जोर्डनविरुद्धको फाइनल खेल गुमाउने

उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

काठमाडौँ, १६ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल खेल्न नपाउने भएकी छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार विज्ञप्तिमार्फत त्यसको जानकारी गराएको हो ।

प्रतियोगिताको फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । तर साम्बाले जोर्डन विरुद्धको उक्त फाइनल खेल खेल्न नपाउने भएकी हुन् । 

गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

यो प्रतियोगिताका सवै खेलमा साम्बा निर्यायक थिइन् । उनले अघिल्ला चार खेलमा सर्वाधिक नौ गोल गरिसकेकी छन् ।

तर उनी  फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएका कारण उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ ।

जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् ।

फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

साम्बा फ्रेन्च लिग खेल्न साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ ।  उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।
 

View : 247

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved