विराटनगर । विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा प्रतयोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय भइन् भने सत्यनारायण माविकी भारती अधिकारी तृतीय भइन् ।
पोखरिया माविकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुशी साहले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
साहित्यकार हरि कट्टेल, भरत गुरागाईं ‘बर्बरिक’ र कवि एवं पत्रकार मीनकुमार नवोदित सम्मिलित निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरूको नामावली घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५, ३, २ र १–१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, उपाध्यक्ष देवी घिमिरे, सचिव राम घिमिरे नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको चर्चा गरे ।
पुष्पलालको स्मृति दिवसमा स्मारकले आइतबार सरसफाई,सोमबार सौन्दर्यकरण, मंगलबार झण्डोत्तोलन एवं दीप प्रज्वलन र बुधबार पुष्पलालको प्रतिमामा माल्यार्पणसहित पुरस्कार वितरण र समापन समारोह राखिएको अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।
View : 333
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved