Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार कैदी विराटनगरबाट पक्राउ

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर । सुनसरीको झुम्का कारागारबाट आन्दोलनको मौका छोपी फरार भएका एक जना कैदीबन्दीलाई मोरङ प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ।

पक्राउ पर्नेमा जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने सन्तोष गुप्ता रहेका छन्। गुप्ता सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, कैदी गुप्ता गत २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।

फरार भएको मिति २०८२ असोज ०९ गते मोरङको विराटनगर क्षेत्रबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ गरिएलगत्तै सन्तोष गुप्तालाई बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

 

 

View : 611

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved