विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले पूर्व मुख्यसचिव एवं वरिष्ठ कवि डा विमल कोइरालालाई सम्मान गरेको छ ।
साढे चार दशकदेखि नेफाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यत्रममा मञ्चले सम्मान गरेको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved