विराटनगर, १९ कात्तिक : मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि कात्तिक १ गतेदेखि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको बैठक सोमबार बस्ने भएको छ ।
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले शुक्रबार सूचनामार्फत बैठक आह्वान गरेको जानकारी दिएका हुन् ।
अर्को सूचना नभएसम्म स्थगित भएको चौथो अधिवेशनको चौथो बैठक २०८० कात्तिक २० गते सोमबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल विराटनगरमा बस्ने उनले बताए ।
कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ६ बमोजिम बैठकको जानकारी प्रदेशसभाका सदस्यहरूलाई गराइएको उनले बताए ।
View : 108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved