Biratnagar, Morang, Nepal
२२ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

व्यापार संघमा जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू

उद्‌घोष सम्वाददाता
२२ माघ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघले कोशी प्रदेशका विभिन्न जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरूसँग भेटघाट र छलफल गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरूलाई स्वागत गरेका हुन् । 

उक्त भेटघाट कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, भोजपुर, धनकुटा, खोटाङ, तेह्रथुम र संखुवासभा उद्योग वाणिज्य संघ, झापाको कन्काई उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, मोरङको पथरी उद्योग वाणिज्य संघ र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष लगायत विभिन्न वस्तुगत संघ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

View : 40

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved