काठमाडौं । विस्तारै ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन पनि घटेको छ । बिहीबार नेप्से ३१.५० अंकले घट्दै २९२२.६३ विन्दुमा रहँदा १५ अर्ब ९८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । फाइनान्सबाहेक सबै समूहमा गिरावटसँगै सूचक घटेको हो ।
व्यापार समूह सर्वाधिक २.४४ प्रतिशतले घटेको छ। ५२ कम्पनीको सेयरमूल्य बढेको छ भने १९८ को घटेको छ ।
घटेकामध्ये सर्वाधिक भूगोल इनर्जीको सेयरमूल्यमा ७.१० प्रतिशतको गिरावट छ। बजारमा ५ कम्पनीको सेयरमूल्य सर्किटस्तरमा बढेको छ ।
ट्रेड टावर र नेपाल फाइनान्स ९.९९, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९७, ग्रीन डेभलपमेन्ट बैंक ९.९२ र सप्तकोशी डेभलपमेन्टको सेयरमूल्यमा ९.८६ प्रतिशतको बढोत्तरी छ ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीमध्ये हिमालयन पुनर्बीमाको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै नेपाल पुनर्बीमा ७५ करोड ३५ लाख, हिमालयन डिष्टिलरी ६९ करोड ९ लाख, शिवम् सिमेन्ट ६७ करोड ११ लाख र लुम्बिनी विकास बैंकको सेयर ४१ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
साताको प्रारम्भमा ११ महिनायताकै उच्च कारोबार भएको बजार विस्तारै ओह्रालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार गत आइतबार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार १९ अर्ब ३६ करोड ८ लाख, मंगलबार १८ अर्ब ५२ करोड २९ लाख र बुधबार १६ अर्ब ४४ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
साताको अन्तिम कारोबार दिन अझ घटेको हो ।
View : 438
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved