Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन :

मोरङमा ६५ प्रतिशत मतदान

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार जिल्लाका सवै ८८८ मतदान केन्द्रमा तोकिएको विहान ७ बजे मतदान सुरु भई बेलुका ५ बजे मतदान सम्पन्न भएको छ । 

मोरङको ६ वटै निर्वाचन क्षेत्रमा ६४ दशमलव ५६ प्रतिशत मत खसेको प्रजिअ कट्टेलले जानकारी दिए ।

सवैभन्दा धेरै क्षेत्र नम्बर ५ मा ७१ दशमलव २८ प्रतिशत मत खसेको उनले बताए । 

त्यस्तै, क्षेत्र नम्बर ४ मा ६७ दशमलव १५, क्षेत्र नम्बर ६ मा ६६ दशमलव २३, क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा ६२ दशमलव ९७, क्षेत्र नम्बर ३ मा ६१ दशमलव १७ र सवैभन्दा कम क्षेत्र नम्बर १ मा ६० दशमलव ३६ प्रतिशत मतदान भएको बताए ।

मोरङमा ६ वटै निर्वाचन क्षेत्रमा ७ लाख ८३ हजार ५० मतदाता रहेका थिए । जसमध्ये ५ लाख ५ हजार ५१४ मत खसेको जनाइएको छ ।

प्रजिअ कट्टेलले जिल्लाभर उत्साहपूर्ण रुपमा मतदान भएको बताए ।

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved