मोरङ । कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।
यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिजाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ ।
यस्तै, बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ ।
सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउन सिँचाइ कार्यविधि–२०८३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ ।
यस्तै, बैठकले पुरानो घर भत्काउँदा निस्कने पुराना काठ आवश्यक प्रक्रिया पूरा गरी ओसारपसार गर्नका लागि खुला गर्ने निर्णय बैठकले गरेको छ । रासस
View : 211
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved