Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्दै

उद्घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

विराटनगर । नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने भएका छन् । उनको आजै शपथ गराउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

विवादास्पद जापान भ्रमण प्रकरणसँगै मानव तस्करी अभियोगमा नाम जोडिएर लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयमा विभागीय मन्त्री विहिन छ ।

कानुन क्षेत्रको पृष्ठभूमि भएका अधिकारीको राजीनामापछि त्यस्तै पृष्ठभूमिका भण्डारी मन्त्री बन्न लागेका हुन् । अहिले उक्त मन्त्रालय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफै मातहत राखेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ काठमाडौंमा रहेको र उनी विराटनगर आउने बित्तिकै भण्डारीको शपथ गराउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

सुनसरीको इटहरीका बासिन्दा भण्डारी संविधानसभा सदस्यसमेत हुन् । २०७९ को निर्वाचनमा उनी सुनसरी क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट कोशी प्रदेशसभामा निर्वाचित भएका थिए ।

View : 78

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved