Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भदौ २५ मा कोशीलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिंदै

उद्‌घोष संवाददाता
२० भदौ २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशलाई भदौ २५ गते पूर्णखोप सुनिश्चितता एवं दिगोपना भएको प्रदेश घोषणा गरिने भएको छ । 

बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको प्रदेश खोप समन्वय समितिको बैठकले कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकारको तहबाट भने २०८१ असार ३० मै कोशी प्रदेश पूर्णखोप सूनिश्चितता भइसकेको छ । तर राष्ट्रिय पूर्णखोप समन्वय समितिको सचिवालयले भने भदौ १५ गते पत्र पठाएर कोशी प्रदेशका १४ वटै जिल्लामा पूर्णखोप सुनिश्चितताको दिगोपना प्रमाणिकरण गरेको हो । 

उक्त प्रमाणीकरणको आधारमा संघीय सरकारको नीति अनुसार कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना भएको घोषणा गर्न लागिएको हो ।

प्रदेश खोप समन्वय समितिले भने कोशी प्रदेशका सबै १३७ पालिकाको एक हजार १५७ वडालाई पूर्णखोप सुनिश्चितता दिगोपना भएको २०८२ असार ३० मा प्रमाणीकरण समेत गरिसकेको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रदेश खोप समन्वय समितिका अध्यक्ष डा यदुचन्द्र घिमिरेले सवै सरोकारवालाहरू एकै ठाउ“मा बसेर प्रदेशलाई स्वास्थ्य क्षेत्रका अगाडि बढाउनु पर्ने बताए । उनले मन्त्रालयका सवै निकाय ‘चेन अफ कमाण्ड’ मा रहेर पूर्णखोप सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय खोप समन्वय समितिले समेत त्यसको पुुष्टीको लागि सिफारिस पठाएका कारण कोशी प्रदेश पूर्णखोप सुनिश्चितता एवं दिगोपना भएको घोषणा गर्न लागिएको स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख एवं प्रदेश खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले बताए ।

निर्देशनालयको खोप अधिकृत भरत भण्डारीले खोप लगाउन छुटेका बालबालिकालाई विभिन्न खोप अभियानमा समेट्दै जानुपर्ने बताए । सरकारले छुटेको खोपको मात्रा पूरा गर्न जन्मदर्ताको बेलामा खोप कार्ड अनिवार्य गर्नेदेखि विद्यालय भर्नाको समयमा समेत खोप कार्ड अनिवार्य गर्ने नीतिलाई कार्यान्वयन गर्ने बताए ।

View : 406

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved