Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
वातावरण

भारतका देवस्थलहरूमा वृक्षरोपण

उद्घोष सम्वाददाता
२१ जेठ २०८१, सोमवार

विराटनगर । पर्यावरण संरक्षणको उद्देश्यसहित नेपालका विभिन्न संघसंस्थाहरूले भारतका विभिन्न शहरस्थित देवस्थलहरूमा वृक्षरोपण गरेका छन् । भारतीय संस्थासँगको समन्वयमा प्रकृति र संस्कृति संरक्षणको उद्देश्यसहित भारतका १० वटा देवस्थलहरूमा वृक्षरोपण गरिएको हो । 

नेपालबाट गएको टोलीले भारतको अररिया जिलास्थित सुन्दरनाथ धाम, अररिया कोर्ट र अररिया आरएस सहित, रानीगञ्ज, बसैटी, तेलगछिया, फारबिसगञ्ज लगायतका शहरहरूमा रहेका देवस्थलहरूमा वृक्षरोपण गरेका छन् । 

नेपाली टोलीले देववृक्ष मानिने शिवलिंगको बिरुवा, रुद्राक्ष र तुलसीलगायतका हिन्दू अध्यात्मसँग जोडिएका बिरुवाहरू वृक्षरोपण गरेको छ ।

नेपाल सोनार समाज फाउण्डेशनको नेतृत्वमा जनकपुरधाम वन प्राबिधिक समाज, भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चले भारतको महिला कल्याण समिति, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र अररियाको समन्वयमा वृक्षरोपण गरेको हो ।

केही समययता नेपाल सोनार समाज फाउण्डेशनले नेतृत्व गर्दै पर्यावरण संरक्षणमा सहायक हुने तथा बढी अक्सिजन दिने बिरुवाहरू रोप्दै आएको नेपाल सोनार समाज फाउण्डेशनका अध्यक्ष महेश स्वर्णकारले बताए । यसअघि नेपालका विभिन्न शहरमा आफूहरूले देववृक्ष रोपण गरे पनि भारतमा पहिलो पल्ट वृक्षरोपण गरिएको उनले बताए ।

फाउण्डेशनलाई जनकपुरधाम वन प्राबिधिक समाजले बिरुवाहरू उपलब्ध गराएको थियो । सो अभियान अर्न्तगत भारतका १० स्थानमा देववृक्ष रोपण गरिएको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश शर्माले बताए ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved