Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

४४० किलोग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

उद्‌घोष संवाददाता
२९ वैशाख २०८३, मङ्गलवार

विराटनगर । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट ४४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स नियन्त्रणमा लिएको छ । 

सोमबार राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको चेकिङ टोलीले धरान–१३ बाट को. १ च ७३५९ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा प्याक गरि राखेको ४४० किलो गाँजा बरामद गरेको हो । 

एम्बुलेन्समा गाँजा बरामद भएसँगै चालक तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रालि धरानद्वारा संचालित रहेको प्रहरीको भनाई छ ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved