Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आदिवासी महासंघको उद्घोषण तालिम

उद्‌घोष संवाददाता
१ असार २०८१, शनिवार

Advertisement

विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर महानगर समन्वय परिषद् सचिवालयले उद्घोषण एवं आदिवासी जनजाति अधिकार विषयक सातदिने तालिमको शुभारम्भ गरेको छ । 

जेठ ३१ देखि असार ५ गतेसम्म सञ्चालन हुने सो तालिममा विराटनगर महानगरपालिकामा दर्ता भएका १८ आदिवासी जातिका ६० जनाले सहभागी हुन पाउने बताइएको छ । शुभारम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मोरङका अध्यक्ष दिलबहादुर थेबेले सबै जातजातिले आ–आफ्नो धर्म नछाडी पहिचान, संस्कार र संस्कृति बचाउनु पर्ने बताए । 

सोही क्रममा उनले आदिवासीहरूलाई आफ्नो हकअधिकार पहिचानबारे जानकारी गराउन यस्ता कार्यक्रम महत्वपूर्ण धारणा व्यक्त गरे । 

त्यसैगरी डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढकबहादुर मगरले खिया लागेको हतियारलाई धारिलो बनाएझैं यस्ता सचेतनामूलक कार्यक्रममार्फत आदिवासीहरूलाई तिखार्नुपर्ने बताए । 

महानगर समन्वय परिषद्का अध्यक्ष सुरेशसिंह गन्गाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय महासचिव राजकुमार राजवंशी, नेपाल तामाङ घेदुङ संघ महानगर समितिकी अध्यक्ष विष्णु तामाङ, नेपाल धानुक समाज जिल्ला कार्य समिति मोरङका अध्यक्ष नन्दलाल मण्डल, नेपाल मगर संघ महानगर समितिकी उपाध्यक्ष मीना लुङ्गेली मगरले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै किराँत राई यायोख्खा विराटनगर महानगर समितिकी अध्यक्ष विष्णु राई, किराँत याक्थुम चुम्लुङका अध्यक्ष कुमार सुब्बा, भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिका अध्यक्ष गोपाल भुजेल, नरेशसिंह दनुवार, नेवा देय दवुका प्रदेश सल्लाहकार जयकुमार श्रेष्ठ, थारु कल्याणकारिणी सभा मोरङ जिल्ला सदस्य श्रवणकुमार सुतिहार थारु, तमु ह्यूला छोंज धी  गुरुङ राष्ट्रिय इकाई समितिका उपाध्यक्ष श्याम गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

View : 484

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved