विराटनगर । विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा स्मृति आचार्य प्रथम भएकी छन् ।
‘सपना र संघर्षको संगम ः जेनजी युवाको पहिचान’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट विचार प्रस्तुत गरेर उनी प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा समीक्षा पौडेल द्वितीय हुँदा आचल यादवले तृतीय स्थान प्राप्त गरिन् ।
विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले समसामयिक विषयमा केन्द्रित रहेर वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको कलेजका प्राचार्य राजेश कार्कीले बताए ।
कलेजका सञ्चालक भरतराज दाहाल, निर्णायकद्वय मीनकुमार नवोदित र सुशीला पाठक, शिक्षक अम्विका खरेल, योगेश राजभण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईले विजेता विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved