विराटनगर । विराटनगरमा जारी ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आइतबार भएका खेलमा युनाइटेड भेट्रान्स क्लब, विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् ।
विराटनगरस्थित जुटमिल खेलमैदानमा भएको पहिलो खेलमा युनाइटेड भेट्रान्स क्लब विराटनगरले पथरी शनिश्चरे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइलनमा पुगेको छ ।
खेलको अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको इन्जुरी समयमा युनाइटेड भेट्रान्सका महेन्द्र खवासले फ्री–किकमार्फत निर्णायक गोल गरे । उनले सो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
आइतबार नै भएको दोस्रो खेलमा हाम्रो इटहरी भेट्रान्स क्लबले हाम्रो भेट्रान्स क्लब, धरानलाई १–० गोलले पराजित ग¥यो ।
खेलको १५ औं मिनेटमा धरानका खेलाडी कुमार तामाङबाट आत्मघाती गोल भएपछि इटहरीको जित सहज बनेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल मिल्सएरिया भेट्रान्स र एभरेष्ट भेट्रान्स, जहदाबीच हुनेछ भने दोस्रो खेल मिल्सएरिया (रातो) र सुनसरी भेट्रान्सबीच हुने आयोजकले जनाएको छ ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved