Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

हाजिरीजवाफमा अरिहन्त माविलाई दोहोरो उपाधि

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

विराटनगर ।  विराटनगर–४ स्थित अरिहन्त माध्यमिक विद्यालयले मोरङ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको जुनियर र सिनियर दुवै समूहमा प्रथम स्थान हासिल गर्दै दोहोरो उपाधि जितेको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल -एन–प्याब्सन_ मोरङ शाखाको आयोजनामा सो प्रतियोगिता भएको हो ।  

बेलबारी नगरपालिका स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा मोरङका विभिन्न निजी विद्यालयहरूको सहभागिता रहेको थियो ।

जुनियर तहमा कुल १८ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए भने यस समूहमा अरिहन्त माविले प्रथम स्थान हात पार्यो । सो प्रतियोगितामा इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, लालीगुराँस इङ्लिस बोर्डिङ स्कुल तृतीय र जेभियर इङ्लिस बोर्डिङ स्कुलले शान्त्वना स्थान प्राप्त गरी पुरस्कृत भए ।

यस्तै सिनियर तहमा कुल १६ विद्यालयको सहभागिता थियो । सो समूहमा पनि अरिहन्त माविले आफ्नो उत्कृष्टता कायम राख्यो भने सो प्रतियोगिताको द्वितीय, तृतीय र शान्त्वना स्थान क्रमशः मनकामना इङ्लिलस स्कुल, मोरङ ज्ञानोदय स्कुल र ग्रीन पीस एकेडेमीले प्राप्त गरे ।

हाजिरीजवाफमा उत्कृष्ट नतिजा ल्याएकोमा अरिहन्त माविका प्राचार्य सपन माझी र सहायक प्राचार्य सविन माझीले खुसी व्यक्त गर्दै विद्यार्थीहरूको मेहनत र विद्यालयको शिक्षण प्रणालीको सफलताको रूपमा लिएका छन् ।

प्रतियोगिता आयोजक  एन–प्याब्सन मोरङले शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीको बौद्धिक क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएको छ ।


 

View : 1563

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved