Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

संखुवासभाको भोटखोलामा बाढी पहिरो

स्वास्थ्य केन्द्र र माथिल्लो अरुणको गाडी पुरियो, एक परिवार विस्थापित

उद्घोष सम्वाददाता
२० जेठ २०८१, आइतवार

फाइल फोटो ।

विराटनगर । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र, निर्माणाधीन अस्पताल र माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी समेत पुरिएका छन् । 

गत शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको पहिरो जाँदा भोटखोला–४ स्थित सेम्बुङका रिदर ज्याबु भोटेको घर पुरिएको जनाइएको छ । घर पुरिएपछि भोटेको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

वर्षापछिको पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी समेत पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

त्यसैगरी स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको भवनसहित स्वास्थ्य उपकरण समेत पहिरोले पुरिएर क्षति भएको जनाइएको छ ।

त्यहाँ निर्माणाधीन पाँच शय्याको अस्पतालको निर्माण संरचना समेत पुरिएको अध्यक्ष भोटेले जानकारी दिए ।

वर्षा र पहिरोले छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको केही विद्युत सामग्रीहरु पनि बगाएको जनाइएको छ । स्थानीय सडकहरुमा ठाउँ ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

View : 182

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved