विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा किशोरी आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु भएको छ ।
विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् । तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरु सहभागी छन् ।
तालिममा ६ देखि १२ कक्षासम्म अध्ययनरत १५५ जना किशोरीहरुको सहभागिताका लागि तयारी अवस्थामा रहेको बताइएको छ । उनीहरुलाई मार्सल आर्टस्का प्रशिक्षकसहित विषयविज्ञहरुले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । बालअधिकार, यौनजन्य हिंसा, हेपाइ, तनाव, मार्सल आर्टस्का विधिहरु सिकाइनेछ ।
View : 388
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved