विराटनगर : प्रथम संस्करणको टी–२० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।
आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख रूपैयाँको साथै आकर्षक ट्रफी पाउने छ ।
उपबिजेताले नगद ५१ हजार रूपैयाँ पाउनेछ । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा रंगेलीका ६ वटा टोलीको सहभागिता रहने खेल संयोजक अभिशेक मण्डलले जानकारी दिए । प्रतियोगिता लिग चरणको आधारमा हुनेछ । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार रहेको छ ।
प्रतियोगताभरीमा उत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई ५ हजार १ सय, उत्कृष्ट बलरलाई ५ हजार १ सय, उत्कृष्ट फिल्डरलाई ३ हजार ५ सय रूपैयाँ पुरस्कार दिइने खेलकुद विकास समितिका सचिव राजन पनेरूले जानकारी दिए ।
View : 147
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved