Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुकुनामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा  यही वैशाख ६ र ७ गते हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पूर्वतयारी भैरहेको क्याम्पसले जनाएको छ । 

बुधबार क्याम्पसका सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य स्थगन गरेर शिक्षक कर्मचारीको संयुक्त बृहत् बैठक आयोजना गरि सम्मेलनको तयारी थालिएको हो ।

बैठकमा सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दाहालले सम्मेलनको अवधारणामाथि प्रकाश पारेका थिए । 

सम्मेलनका कन्भेनर/सदस्य गुणराज नेपालले सम्मेलनमा हुने कार्यक्रमहरूको विवरण एवम् सम्मेलन सम्पन्न गर्न गठन गरिएका समिति, उपसमितिका संयोजक र सदस्यहरूको कार्यगत भूमिकाको बारेमा स्पष्ट पारेका थिए  ।

कार्यक्रममा सहायक क्याम्पसप्रमुख बलराम पोख्रेलले स्वागत भाषण र शिक्षक कर्मचारीको उपस्थिति अभिलेखको व्यवस्थापन गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सक्रिय सहभागी हुनुपर्ने बताए ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved