विराटनगर । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ खमारेस्थित आधारभूत विद्यालयमा स्व. बाबुराम सिग्देलको स्मृतिमा उनका परिवारका सदस्यहरूले अक्षय कोष स्थापना गरेका छन् ।
स्वर्गीय सिग्देलकी आमा काठमाडौंको शंखमुल निवासी राधादेवी सिग्देल, पत्नी पूजा सिग्देल र छोराहरू सुभाष, सन्तोष र सुमन सिग्देलले अक्षय कोष स्थापना गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा सिग्देल परिवारले एकलाख ५१ हजार १५१ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष उक्त विद्यालयका दुईजना जेहेन्दार तथा विपन्न छात्रछात्रालाई छात्रवृति प्रदान गरिने स्वर्गीय सिग्देलका छोरा सुभाष सिग्देलले बताए ।
उक्त विद्यालयबाट स्व. सिग्देलसहित परिवारका अन्य सदस्यले समेत प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
समाज विकासको मूल आधार नै शिक्षा भएको भन्दै परिवारको सानो सहयोगले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको सुभाषले बताए ।
उनले आगामी दिनमा समेत शैक्षिक क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिका लागि परिवारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए ।
विराटनगर–५ सम्झना चोक जीवनयापन गरेको स्व. सिग्देलको परिवार हाल काठमाडौंमा बसोबास गर्दै आएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित भएका सिग्देलको ६८ बर्षको उमेरमा २०८१ चैत्र १५ गते काठमाडौंमै निधन भएको थियो ।
सो विद्यालयमा स्व. बाबुराम सिग्देलका भाइ रमेश सिग्देलले समेत एकलाख पाँच रुपैयाँको राशिको ‘डिल्लीप्रसाद–जोगमाया सिग्देल स्मृति अक्षयकोष’ समेत स्थापना गरिसकेका छन् ।
सो रकमबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
View : 211
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved