Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

उद्‌घाटन खेलमा ग्रेडेड र मोडर्न एरा स्कुल विजयी

बालकल्याण विद्या मन्दिरद्वारा १४ वर्षमुनिको फुटबल टुर्नामेन्ट सुरु

उद्‌घोष संवाददाता
३० साउन २०८२, शुक्रवार

Advertisement

विराटनगर। विराटनगर-११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) विद्यालयको आयोजना तथा मोरङ जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा १४ वर्षमुनिको बीकेभीएम फुटबल टुर्नामेन्ट सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ जिल्लाका १२ वटा निजी विद्यालयहरूले सहभागिता जनाएका छन्। उद्‌घाटन  खेलमा ग्रेडेड स्कुल र मोडर्न  एरा स्कुल विजयी भएका छन्।

पहिलो खेलमा ग्रेडेड स्कुलले अरनिको स्कुललाई टाइब्रेकरमा पराजित गर्‍यो भने दोस्रो खेलमा मोडर्न  एरा स्कुलले एभरेष्ट स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हराएको थियो। प्रतियोगिताको फाइनल खेल आगामी भदौ ७ गते हुनेछ।

विद्यालयका प्राचार्य रविनकुमार दाहालले यस्ता प्रतियोगिताले भविष्यमा राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादनका लागि ढोका खोल्ने विश्वास व्यक्त गरे।

उद्‌घाटन  समारोहमा विद्यालयका प्राचार्य दाहालका साथै बेलायती सेनाका पूर्व मेजर मानबहादुर राई, मोरङ जिल्ला फुटबल संघका पदाधिकारीलगायतको उपस्थिति  थियो।

 

 

 

 

 

 

 

View : 870

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved