Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी जरिवाना असुल

उद्‌घोष सम्वाददाता
६ असोज २०८१, आइतवार

झापा, ६ असोज । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।

नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए ।

सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कानुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए ।

प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् ।

यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप÷कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved