विराट ट्रेड एक्स्पो स्टल भिजिट
विराटनगर । विराटनगरको ठाकुरवारी रोडमा सात वर्षदेखि संचालनमा रहेको सपर्स स्टप वुमन्सवेयर बुटिकले जारी विराट ट्रेड एक्स्पोमा छुटको बर्षात् गराएको छ ।
युवादेखि प्रौढ उमेरसम्मका महिलाहरूका लागि आकर्षक डिजाइनका कपडाको विक्री भइरहेको यो स्टलले जुनसुकै कपडामा पनि न्यूनतम् ५० प्रतिशत छुट दिंदै आएको हो ।
वुमन्सवेयर अन्तरगत शुद्ध कटनदेखि सिल्क कटनका गुणस्तरीय कपडा विक्री गर्दै आएको छ । स्टल नम्बर १५३ मा सपर स्टपको स्टल रहेको छ ।
‘हरेक आइटममा ५० प्रतिशत छुट दिइरहेका छौं’ सपर्स स्टपकी अनिशा विश्वकर्माले भनिन्, ‘नयाँ ग्राहकको सवैभन्दा धेरै राम्रो प्रतिक्रिया आइरहेको छ, यति सस्तो मूल्यमा कपडा पाउँदा धेरै खुसी हुनु भएको छ ।’
उनका अनुसार कुर्ता सलवार, सारी, टप्स, गाउन, लेहेङ्गा, कर्डसेट, वानपिसदेखि विभिन्न प्रकारका आकर्षक गरगहना समेत स्टलबाट विक्री वितरण हुँदै आएको छ ।
एक्स्पोको स्टलबाट उपलब्ध गराएको छुटका कारण हरेक ग्राहकले उत्साहित भएर कपडा खरिद गर्दै आउनु भएको संचालक युनिसा विश्वकर्माले जानकारी दिइन् । छुटकै कारण ग्राहकहरूको रोजाइमा परिरहेको उनले बताइन् ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved