Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी सरकारमा अब एक हप्ताभित्र काँग्रेस सहभागी हुन्छः डा शेखर

उद्घोष सम्वाददाता
३१ साउन २०८१, बिहिवार

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अबको एक हप्ताभित्र कोशी प्रदेश सरकारमा काँग्रेस सहभागी हुने बताएका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा कोइरालाले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए ।

‘हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो’ उनले भने । 

कोइरालाले विगत एक वर्षदेखि आफूले एमाले र काँग्रेसबीचको गठबन्धन हुनुपर्छ भनेका कारण यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताए ।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको बताए । उनले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्ने पनि बताए ।

कोइरालाले आगामी १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा आफू उठ्ने बताउँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने समेत धारणा राखे ।

उनले अघिल्लो महाधिवेशनमा पराजित भएकोले आगामी महाधिवेशनमा आफ्नो स्वतः दाबी रहने बताए ।

देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाट गरिरहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने उनको प्रष्टोक्ति थियो ।

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved