उदयपुर । प्रहरी चौकी लालपत्ताले २०७ एम्पुल लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका–६ लालपत्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार अपरान्ह उक्त लागूऔषधसहित त्रियुगा–१० बोक्सेका ३३ वर्षीय डेनिल बस्नेतलाई पक्राउ गरेको हो ।
कदमाहाबाट गाईघाट तर्फ आउँदै गरेको विङ्गरलाई रोकेर चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई छिपाई ल्याएको फेनार्गन ६९ एम्पुल, डाईजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुलसहित जम्मा २०७ एम्पुल लागूऔषध बरामद गरेको हो ।
प्रहरीले सोधीखोजी गर्दा उक्त लागूऔषध राखिएको झोला बस्नेतको भएको पत्ता लगाएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 364
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved