सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकामा मकै खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूहलाई मकैको बीउ तथा मकै रोप्ने, छोडाउने सामग्री हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ४ लाख बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकाले कृषकलाई प्रदान गरेको बीउ तथा कृषि सामग्रीको सही रूपमा सदुपयोग गरेर कृषि पेशालाई भरपर्दो आयस्रोत बनाउन आवश्यक भएको नगर उपप्रमुख अकली चौधरीले बताइन् ।
उनले कृषकको खेतीपातीमा अनुगमन गरी सामग्रीको उचित प्रयोग भए नभएको जानकारी लिने उल्लेख गरिन् ।
११ वटा कृषक समूहलाई अनुदानमा रामपुर १०, मकैको हाइब्रिड बिउ ७५० केजी, मकै रोप्ने ८ थान र मकै छोडाउने ८ थान सामग्री हस्तान्तरण गरिएको नगर कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईले बताए ।
View : 175
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved