विराटनगर । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ देखि २५ सम्म विराटनगरमा हुने भएको छ ।
चौतारी केन्द्रीय कमिटीको बुधबार काठमाडौंमा बसेको बैठकले राष्ट्रिय महाधिवेशन अघि नै फागुन ७ गतेभित्र प्रदेश अधिवेशन र माघ २५ गतेभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको महासचिव हिरामान लामाले बताए ।
बैठकमा नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतम, संगठन विभागका सचिव माधव ढुंगेलको लगायतको सहभागिता रहेको जनाइएको छ ।
चौतारीको सातौं राष्ट्रिय महाधिवेशन पनि विराटनगरमै सम्पन्न भएको थियो । १३ बर्षपछि पुनः विराटनगरमा चौतारीको महाधिवेशन हुन लागेको हो ।
View : 154
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved