Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

विधिको शासन कायम गर्न कांग्रेस–एमाले मिले : नेता आचार्य

उद्‌घोष संवाददाता
१ भदौ २०८१, शनिवार

Advertisement

जनकपरधाम, १ भदौ । नेपाली कांग्रेसका नेता महेश आचार्यले राजनीतिक स्थिरता तथा विधिको शासन कायम गर्नका लागि कांग्रेस पार्टीले एमालेको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको बताएका छन् । 

प्रजातान्त्रिक विचार समाज धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित ‘मधेसमा प्रजातान्त्रिक मूल्यमान्यताको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्रको संस्थागत विकास तथा संरक्षणका लागि कांग्रेस पार्टी सदैव लागिरहेको दाबी गरे ।

पूर्वमन्त्री आचार्यले विधिको शासन कायम नभए लोकतन्त्रको दिगो विकास तथा जनताको अधिकार कुण्ठित हुने र विद्रोह हुनेभएकाले कांग्रेससहित मुलुकका सम्पूर्ण राजनीतिक पार्टीहरू जनता तथा देशको विकासका लागि गुट तथा उपगुट र भेदभाव गर्नेलगायत कार्यबाट माथि उठ्नुपर्नेमा जोड दिए ।

पटक–पटकको  मधेस आन्दोलनबाट मधेसमा नेता तथा राजनीतिक दल धेरै उत्पादन भए पनि मधेस तथा मधेसी जनताले केही उपलब्धि प्राप्त गर्न नसकेको विश्लेषण गर्दै उहाँले मधेसमा व्याप्त भ्रष्टाचार, अनियमितता, अशिक्षा, बेरोजगारी, चुरेदोहन, गिट्टी बालुवाको तस्करी, लुटपाट तथा असुरक्षालाई प्रदेश तथा सङ्घ सरकारले रोक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कांग्रेस पार्टी धेरै पुरानो तथा जनताको अधिकारका लागि लड्दै आएकाले यसले प्रजातन्त्र तथा लोकतन्त्रप्रति गरेको सङ्कल्प तथा विचारलाई पूरा गराउन मधेसका जनतालाई आग्रहसमेत गरे ।

सांसद एवं पूर्वमन्त्री रामकृष्ण यादवले मधेस प्रदेशमा सरकारी काममा व्यापक भ्रष्टाचार तथा अनियमितता रहेकाले लोकतन्त्रप्रति जनताको विश्वासमा कमी आएको उल्लेख गरे । हुलाकी सडकको निर्माण मापदण्ड विपरीत काम गरेर भ्रष्टाचर भएको तथा कमला नदीको पुल निमार्णमा भएको ढिलासुस्तीका बारेमा गुनासो गर्दै उनले मधेस प्रदेशमा सुशासन अत्यन्त आवश्यक भएको जिकिर गरे ।

राससका पूर्वअध्यक्ष तथा प्रजातान्तिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रको संस्थागत विकास तथा सुशासन कायम गराउनका लागि आफ्नो यो संस्था गठन भएको उल्लेख गर्दै मधेस प्रदेशको संस्कार तथा संस्कृतिको संरक्षण आवश्यक रहेको विचार व्यक्त गरे ।

View : 762

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved