Biratnagar, Morang, Nepal
२७ फागुन २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

अमेरिकाको मेरिल्याण्डमा प्रधान र सुवेदीको सम्झना

उद्‌घोष सम्वाददाता
१९ चैत २०८०, सोमवार

विराटनगर । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका साहित्यप्रेमीहरूले साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा गरेका छन् ।

उनीहरूले ३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भेला भई श्रद्धाञ्जली सभा गरेका हुन् । सभाको आयोजना अमेरिकास्थित सांग्रिला डायलग गरेको अमेरिकामा रहेकी साहित्यकार तारा पराजुलीले जानकारी दिइन् ।

सभामा लेखक साहित्यकारहरूले स्वर्गीय साहित्यकारद्वय परशु प्रधान र दधिराज सुवेदीको देहावसानले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।

कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना बिस्टले दिवङ्गत साहित्यकारद्वय प्रधान र सुवेदीका बारे अनूभूतिहरू राखेका थिए ।

View : 567

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved