Biratnagar, Morang, Nepal
३ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

डीक्काका पदाधिकारीहरूको सपथग्रहण

उद्‌घोष सम्वाददाता
२१ वैशाख २०८२, आइतवार

विराटनगर । विभिन्न चारवटा जातीय समुदायको संयुक्त संस्था(डीक्का) महासंघ नेपालका केन्द्रीय पदाधिकारीको सपथग्रहण कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ । 

गत चैत २९ र ३० गते जनकपुरधाममा भएको महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराइएको हो ।

महाधिवेशनबाट मोरङका बिजय राय अमातको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो । 

महासंघको पाँच जना उपाध्यक्षमा सिरहाबाट बिरु राय कुर्मी, धनुषाबाट राम दुलार मण्डल केवट, सप्तरीबाट अनिलकुमार राय, सिरहाबाट कौशल मण्डल धानुक र महोत्तरीबाट चन्दु मण्डल धानुक निर्वाचित भएका थिए ।

यस्तै सिरहाका रामपुकार कामती महासचिवमा निर्वाचित भएका थिए । 

पाँच जना सचिवमा महोत्तरीका देवेन्द्र कापड केवट, रौतहटका बिजय पटेल कुर्मी, सिरहाका बिनोदकुमार राय अमात, सिरहाकै सौगेन्द्र मण्डल धानुक र सुनसरीका दिपेन्द्र राय अमात छन् । यसैगरी कोषाध्यक्षमा महोत्तरीका रिचा मण्डल धानुक र प्रवक्तामा श्यामसुन्दर राय कुर्मी चयन भएका छन्  । 

मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल, कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र पूर्वमन्त्री शिवकुमार मण्डल लगायतको उपस्थितिमा महासंघका पदाधिकारीको सपथग्रहण सम्पन्न भएको हो । 

सो अवसरमा बोल्ने वक्ताहरूले अल्पसंख्यक समुदाय समाजको मुल प्रवाहमा पछि परेकाले एकीकृतरुपमा आफ्ना आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा सप्तरीदेखि कोशी प्रदेशका मोरङ, सुनसरी सहित विभिन्न जिल्लाबाट महासंघमा आबद्ध समुदायबाट निर्वाचित जनप्रतिनिधिका साथै उच्चपदस्थ कर्मचारीहरू सहभागी थिए । 

डीक्का महासंघमा तराइ–मधेशका अल्पसंख्यक समुदायमा सूचीकृत धानुक, कुर्मी, केवट र अमात समुदायका चारवटा जातीय संगठनहरू आबद्ध छन् ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved