Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बाढी पसेर उदयपुरको बेलकाका आधा दर्जन गाउँ डुबान

उद्घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । उदयपुरको बेलका नगरपालिकातिर सोझिएको सप्तकोशीको बाढीले बेलकाका आधा दर्जन गाउँ डुबानमा परेका छन् ।

बेलका–२ को बानडाँडा, बुधबारे, भागलपुर लगायतका बस्ती डुबानमा परेको जनाइएको छ ।

शनिबार दिउँसो पश्चिमी किनारामा करिव २५ मिटर तारजालीयुक्त बाँध कटान गरी सप्तकोशीको बाढी बेलकातिर छिरेको थियो ।

त्यसैगरी बेलका–३ को एकता टोल र एबीसी टप्पुतर्फ समेत बाढी पसेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रबाट १२७ जनालाई शनिबार साँझ सुरक्षित स्थानमा सारेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले ३६ घरधुरीका पुरुष ३१, महिला ७५ र बालबालिका २१ जनालाई उद्धार गरेको उदयपुर प्रहरीले जनाएको छ ।

डुबान प्रभावित क्षेत्रमा अहिलेपनि कोशीको बाढी बगिरहेको छ । बाढीका कारण जनजीवन प्रभावित भएको स्थानीय जनप्रतिनिधिहरूले बताए ।

सप्तकोशी चतरा जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा अझैपनि माथि रहेको जनाइएको छ । चतरा पुलमा अहिले सप्तकोशीको जलसतह ११ मिटर रहेको जनाइएको छ ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved