Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

लोकनृत्यमा रेडस्टार र सुविजिमुर उत्कृष्ट

उद्घोष सम्वाददाता
२४ मंसिर २०८०, आइतवार

विराटनगर : जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैंचास्थित सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको उपाधि जितेका हुन् ।

पालिकाबाट छनोट भएर फाइनलमा ३८ वटा विद्यालय पुगेका थिए । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको फाइनलमा कनिष्ठतर्फ  रेडस्टारले २०  र वरिष्ठतर्फ सुविजिमुरले १६ वटा  विद्यालयलाई पछि पार्दै उपाधि हात पारेका हुन् । 

कनिष्ठतर्फ सुन्दरहरैचाको स्कर्लसहोम स्कुल द्वितीय, पथरीको एभरेष्ट स्कुल तृतीय र बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुलले सान्त्वना पुरस्कार पाएका छन् ।

यसैगरी वरिष्ठतर्फ पथरीको रेडस्टर स्कूल दोस्रो, बेलबारीको  बालजगत स्कुल तेस्रो र सुन्दरहरैंचाको बालप्रतिभा स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गरेका छन् । 

प्रतियोगिताको फाइनलमा कनिष्ठतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आदर्श, बालप्रतिभा, जीवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका थिए । 

यसैगरी वरिष्ठतर्फ विध्याज्योति, आदर्श, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जीवन विकास, पशुपति, भृकृटीमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुग्न सफल भएका थिए ।

View : 54

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved