Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

इलाममा लागुऔषध सचेतनामुलक कार्यक्रम

उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

इलाम, २७ भदौ ।जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामको सयुक्त आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध नियन्त्रण सम्बन्धी जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामले तयार पारेको लागुऔषध नियन्त्रण सम्बन्धी विशेष तीन महिने कार्ययोजना तथा लागुऔषध विरुद्ध आमाहरु अभियानलाई निरन्तरता दिदै इलाम नगरपालिका वडा नं. ७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सो क्याम्पसका विद्यार्थी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।

इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले लागू औषध नियन्त्रणका उपायबारे प्रकाश पारेका थिए ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved