इनरुवा (सुनसरी), २ कात्तिक । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको छ ।
धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ । रासस
View : 1663
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved