Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

फागुन ११ बाट ‘गोर्खा वारियर’ रिलिज हुने

उद्घोष सम्वाददाता
२६ पुष २०८०, बिहिवार

विराटनगर । फिल्म ‘गोर्खा वारियर’को प्रदर्शन मिति तय गरिएको छ ।  सो फिल्मलाई फागुनको ११ गतेबाट नेपालभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।  गोर्खा सैनिकको बहादुरीको कथालाई प्रस्तुत गरेको सो फिल्मको भदौमा बेलायतमा प्रिमियर भएको थियो । सो फिल्मलाई नेपालसँगै भारत, दक्षिण कोरिया लगायतका देशमा पनि रिलिज गर्ने तयारी गरिएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको सो फिल्मलाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा डब गरिएको छ । फिल्मलाई कोरियाली भाषामा पनि डब गरिनेछ ।  सो फिल्मले सन् १९४९ मा ‘मलाया इमर्जेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको वीरताको कथालाई उठान गरेको छ ।

फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह, चित्रु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङ लगायतका कलाकारको अभिनय छ । सो फिल्ममा मिलन चाम्स, सुमन राई र सुस्मिता वाइवा निर्माताको रुपमा छन् ।

फिल्मको कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राइको सह–निर्माणमा तयार भएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदिप बरालको डीओपी, हिमाल केसीको एक्सन, एलिस कार्कीको संगीत छ ।

View : 49

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved