विराटनगर । विराटनगरमा रहेको अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका आठ सय नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । कलेजले सोमबार शैक्षिक कार्यक्रमबारे जानकारी दिंदै अभिमुखीकरण समेत गरेको हो ।
कलेजका अध्यक्ष अमीत ढकालले देशको भविष्य निर्माणको आधारशिला बन्न विद्यार्थीहरूलाई आग्रह गरे ।
उनले अनुशासित र कलेजको नीति नियमभित्र रहेर अध्ययन गरेको खण्डमा विद्यार्थी र अभिभावकहरूको सपना साकार हुने बताए ।
त्यस्तै, कलेजका निर्देशक दिपेश बाँस्तोलाले पनि अभिभावक र विद्यार्थीले कलेजप्रति गरेको विश्वास टुट्न नदिने बताए । उनले लगनशिल भएर पढ्न आग्रह गरे ।
‘तपाईँहरूको विश्वास टुट्न दिने छैनौं, मेहेनत खेर जान दिने छैनौं’ उनले भने ।
कलेजका प्रँचार्य मनिष भट्टराईले विगतदेखि नै कलेजले गुणस्तरीय र व्यवहारिक शिक्षालाई अघि बढाउँदै आएको बताए ।
भट्टराईले भने– ‘यो कलेज केवल डिग्री हासिल गर्नका लागि मात्रै होइन, आफ्नो जीवनको लक्ष्य पत्ता लगाउन र आफूलाई खोज्न आउनु भएको छ, हामी विद्यार्थीका लागि दोस्रो घर बनेर सँगै हुनेछौं ।’
उनले अंकका साथै इमानदारिता र चरित्र निर्माणमा कलेज केन्द्रित हुने बताए । सोही अवसरमा कलेजले विज्ञान संकायतर्फ प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू नौसिन प्रविन, ओम कर्ण र प्रतिष पराजुली तथा व्यवस्थापन संकायतर्फ हिमांशुराज कुशवाह, आयुष्मान कुमारी झा र दिवाकरकुमार पोद्दारलाई सम्मान गरिएको थियो ।
भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथि घोषणा गरेर आयोजना गरिएको कार्यक्रममा नयाँ विद्यार्थीहरूको तर्फबाट सन्ध्या लेखीले अर्किड कलेज रोजाइको कारणबारे बताइन् ।
त्यस्तै, कलेजका व्यवस्थापन संकायका शिक्षक मनोज तिवारी लगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।
स्वागत कार्यक्रममा विद्यार्थीहरूले पनि आफ्नो प्रतिभा देखाउने क्रममा विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved