विराटनगर : नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र मोरङ क्याम्पसबीच बैकिङ कारोबार गर्ने बिषयमा आइतबार सम्झौता भएको छ । सो सम्झौतामा नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाका शाखा प्रबन्धक प्रकाश घिमिरे र मोरङ क्याम्पस प्रमुख डा रामवतार शरणले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सो संयुक्त सम्झौता आदानप्रदान भने नेपाल बैंक लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र क्याम्पस प्रमुख डा रामवतार शरणले गरेका थिए । सो सम्झौतापश्चात बैंक र क्याम्पसको सम्बन्ध थप मजबुत हुने र बैंकले क्याम्पसलाई छिटो, छरितो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्टले व्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख डा शरणले दुई संस्थाबीचमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै बैंकले बित्तीय सेवा बाहेक, क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई ‘इन्टर्नसिप’मा सहभागी गराउने लगायतका अन्य सिर्जनशील कार्यमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
मोरङ क्याम्पस कोशी प्रदेशकै सबैभन्दा पुरानो र प्रतिष्ठित क्याम्पस हो । जहाँ हाल दश हजार बढी विद्यार्थी अध्ययनरत छन् भने तीन सयको हाराहारीमा प्राध्यापक। कर्मचारी कार्यरत छन् ।
त्यस्तै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपालभर २२८ शाखाहरु, २०४ एटीएम साथै ५७ विस्तारित काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
नेपाल बैंक लिमिटेडले हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको कर्मचारी नयन कटवालले बताए ।
View : 583
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved