विराटनगर । आदर्श उपभोक्ता संरक्षण समिति विराटनगरले २५ औं साधारण सभाका अवसरमा सोमबार विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
विराटनगर–३ मा मुख्य कार्यालय रहेको समितिले सोही वडाका वासिन्दा तथा विराटनगर महानगरपालिकाका कर्मचारी तोयानारायण राजभण्डारी(कान्छा दाइ) लाई २५ हजार नगद राशिसहित सम्मान गरेको छ ।
कर्तव्यनिष्ठ कर्मचारी राजभण्डारीले इमान्दारीपूर्वक गरेको कामको प्रशंसा गर्दै सम्मान गरिएको बताइएको छ ।
आदर्श उपभोक्ता संरक्षण समितिले उनलाई संस्थाका संस्थापकको नाममा स्थापित ‘रेखबहादुर–गंगादेवी भट्टराई सेवा पुरस्कार’ले सम्मान गरेको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
View : 296
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved