मोरङ–६
विराटनगर । मोरङ–६ का नेकपा एमालेका उम्मेदवार विनोद ढकालले अन्तिम चुनावी प्रचार र्याली गरेका छन् ।
विराटनगर महानगरपालिका अगाडिबाट एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरूसहितको र्याली विराटनगरस्थित हिमालय रोडबाट महेन्द्र चोकमा पुगेर सभामा परिणत भएको छ ।
र्यालीमा नेकपा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराई, पूर्व उपाध्यक्ष गुरु बराल लगायत क्षेत्र नम्बर ६ का एमाले समर्थक तथा नेता कार्यकर्ताहरू सहभागी भएका छन् ।
नेता ढकाल मोरङ ६ मा यसपटक चुनाव जित्ने दाबी गर्दै चुनावी अभियानमा जुटेको एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए । ढकालले भ्रष्टाचार गरेर वा कसैको नजरमा तपाईंहरूको शिर झुकाउने काम आफुबाट नहुने घोषणा गरेका छन् ।
उनले आफु जनताको सेवामा निरन्तर लाग्ने भन्दै ३० बुँदे चुनावी प्रतिवद्धता जनाइसकेका छन् ।
उनले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटनदेखि सामाजिक सुरक्षासम्मका बिषय प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
विराटनगर–५ सम्झना चोकस्थित निवासी ढकाललाई चुनाव जिताउन उत्साहित भएर लागेको नेता कार्यकर्ताहरूले बताएका छन् ।
View : 115
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved