Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो अस्पतालले मनायो रजत महोत्सव

उद्‌घोष संवाददाता
७ भदौ २०८२, शनिवार

विराटनगर । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै दुई दशकभन्दा लामो यात्रामा निरन्तर अग्रसर न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले रजत महोत्सव भव्य र गरिमामय समारोहसहित शनिबार सम्पन्न गरेको छ ।

समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी स्वास्थ्य संस्थाले व्यापारिक दायित्वस“गै सेवा प्रवाहलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले विशेष गरी गरिब तथा असहाय वर्गलाई गुणस्तरीय उपचारमा पहु“च दिलाउनु नै अस्पतालहरूको पहिलो कर्तव्य भएको उल्लेख गर्दै, सरकार र निजी क्षेत्रका स्वास्थ्य संस्थाको लागि आवश्यक कानुनी संरचना निर्माणमा सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे ।

त्यसैगरी कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्टले सरकारले स्वास्थ्य क्षेत्रमा जनतालाई पर्याप्त सुविधा दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै, निजी क्षेत्रका अस्पतालहरूले यो अभावलाई पूरा गर्ने दिशामा अझ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहभागी प्रख्यात गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताल र चिकित्सकलाई समाजले ‘आमापछि देवीदेवताको स्वरूपमा’ सम्मान गर्ने गरेको उल्लेख गर्दै, सबैको पीडा कम गर्न अस्पतालहरूको भूमिका अझै प्रभावकारी र संवेदनशील बन्नुपर्ने धारणा राखिन् ।

अस्पतालका अध्यक्ष डा वीरेन्द्रकुमार बिष्टको अध्यक्षतामा सम्पन्न सो रजत महोत्सवमा उत्कृष्ट कार्य गर्ने डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । यसका साथै अस्पतालमा स्थापना कालदेखि निरन्तर सेवा गर्दै आएकाहरुलाई दीर्घ सेवा सम्मान गरिएको थियो ।  सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो ।No description available.

समारोहमा अस्पतालकी निर्देशक डा अनिशा बिष्टले आगामी दिनमा समुदायमुखी कार्यक्रम, गुणस्तरीय उपचार विस्तार, प्रविधिमैत्री सेवा र दक्ष जनशक्ति अभिवृद्धिलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता जनाइन्  । 

 

View : 1041

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved