Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविलाई कोरियन विश्वविद्यालयले दियो तीन हजार डलरको छात्रवृत्ति

उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

विराटनगर । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालय (पूवि) मा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा.अनिल पोखरेलबीच शुक्रवार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो । 

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिंदै आएकोमा दश गुणा बढाएर तीन हजार डलर पुर्‍याएको हो । कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम दश गुणा बढाएकोमा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा. जङलाई धन्यवाद दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण पनि गरेका छन् ।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ । विद्यार्थी र प्राध्यापक आदान–प्रदान कार्यक्रमअन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन जना विद्यार्थी र एक जना प्राध्यापक केही सातापछि कोरिया जाँदैछन् ।

विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान कार्यक्रममा कोरिया जाने प्रकृया शुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए  ।

View : 124

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved