Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सभामुख विष्टले मुख्यमन्त्री कार्कीलाई बुझाए अन्तर-व्यवस्थापिका मञ्चको सातबुँदे घोषणापत्र

उद्‌घोष सम्वाददाता
२६ पुष २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले मुख्यमन्त्रीलाई बुझाएको घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको प्रदेश र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो ।

सम्मेलनले संघीयता र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सातवटा महत्त्वपूर्ण प्रतिवद्धताहरू सार्वजनिक गरेको जनाइएको छ ।

जसमा संघीयता र संविधान कार्यान्वयनका लागि तीनवटै तहको कानुन निर्माणमा समन्वय हुनुपर्ने, कानुन कार्यान्वयन र विधायिकी परीक्षणको कार्यलाई प्रभावकारी बनाउनुपर्ने, संसदीय बजेट कार्यालयको स्थापना र

संसदीय गतिविधिहरूको प्रसारणका लागि संसदको आफ्नै च्यानल र डिजिटल प्लेटफर्म नीति प्रयोगशालाको सञ्चालन गर्ने विषय उल्लेख छन् । उक्त अवसरमा उपसभामुख सृजना दनुवार, आन्तरिक मामिला तथा कानुनमन्त्री रेतवीरमण भण्डारी र प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली लगायतकाे उपस्थिति रहेको थियो । 

View : 34

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved