Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा कोशी प्रदेश अधिवेशन

२८९ मत गन्दा चन्द्र बहादुरले पाए १६२ मत, वर्तमान सभापति तामाङलाई ८६ मत

उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । रास्वपा कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी हुँदा सभापतिमा चन्द्र बहादुर राई अगाडि देखिएका छन् ।

अपरान्ह ३ बजेसम्मको मतपरिणाम अनुसार २८९ मतको गणना सकिंदा सभापतिका उम्मेदवार राईले १६२ मत प्राप्त गरेका छन् ।

वर्तमान सभापति गोमा तामाङ (सरिन) ले ८६ मत प्राप्त गरेको जनाइएको छ ।

सभापतिकै उम्मेदवार डा. खगेन्द्र कटुवालले २५ र चन्द्रकुमार गौलीले १९ मत प्राप्त गरेका छन् ।

बुधबार राती ढिलो मतदान सुरु भएका कारण केही मतदाताले मतदान गर्न नपाएको विषयमा विवाद हुँदा बिहीबार विहान ८ बजे सुरु गर्ने भनिएको मतगणना प्रभावित भएको थियो ।

बिहीबार अपरान्ह करीव १ बजेतिर मतगणना सुरु भएको र अहिले जारी रहेको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह निकट रहेका राईलाई निर्वाचित गराउन महामन्त्री भुदेव शाह नै खटिएका थिए ।

View : 260

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved